कति व्यस्त छ यो भुगोल
मान्छेको बढ्दो जनसंख्याको भिडसंगै
सुस्ताउने एकछिनको फुर्सद छेन
भरिभराउ झै लाग्न थालेको छ
जताततै कोलाहल मात्र ।
देख्दछु अवशेषको रुपमा
चुरोटका ठुटाहरु जताततै
निर्जीव ति पातह्ररु बीच
सुक्दै गएको जंगलहरु
विस्तारै विस्तारै खुम्चीदै गएका धर्ती पनि
अझै माथि नियालेर हेर्दा
खुल्ला आकाश बिच
साना साना कालो दागझै
बादलहरु गर्जीरहेका छन्
र आफु भित्र लुकाइराखेका
ति पानीका नगनिने थोपाहरु
झर्न ठाउँ खोजी रहेका छन्
सारैनै रमाइ रहेका छन्
यो देखेर किसानहरु
कि अब रोपाइ गर्छु भनि
जंगलमा सुक्दै गएका ति रुखहरुमा
पनि एउटा आशा देखिन थालेको छ
कि अब मेटीनेछ मेरो प्यास भनि
यहि बीच वर्षीन थाले
पानीका ति फोहोराका थोपाहरु
विस्तारै सुनसान ति खेतहरु
बाट एउटा सामुहिक आवाज
सुनिन थाल्यो एउटा अचम्मको
मनलाइ लोभ्याउने संगित
रुखको पातहरु पनि नाच्न थाले
माटो मुनि भर्खरै गोडिएका
ति विउमा पनि टुसा पलाउदै
संसारमा पहिलो पटक नियाल्न पुगे
एकै छिन पछि छम छम वर्षीदै गरेको
पानीका ति थोपाहरु एक एक गर्दै
रोकिन थाले
यो हेर्दै ओडार मुनी लुकेका
भेडाका बथानहरु वाहिरिन थाले
कमिलाका ताँतीहरु फेरि
आफनो नयाँ घर बनाउन मेहेनत
गर्न थाले
आकाशमा रगं विरंगी चराहरु
चिरविर चिरविर गर्नलागे
केहिवेर अगाडि आफ्नो मधुर
संगितले लोभ्याइ रहेका भ्यागुता
घस्रिदै घस्रिदै गरेको सर्पको
मुखको आहारा बन्न पुगे
धेरैनै प्रयास गर्यो उसले आफुलाइ
बचाउन तर सर्पको भोकको अगाडि
उसको केहि चलेन
अचम्म छ
आफनो अगाडीको आकृति
र विडम्बना
पूर्ण भएर पनि अपूर्ण
हिम्मत छ तर साहस छैन
सपना छ तर भविष्य छैन
मुख छ तर आवाज छैन
मजबुत पाखुरामा जिम्मेवारीको अनुभुति छैन
लाचार विवश एक जमात
भ्यागुताहरुको सामुहिक आवाज भित्रको
एकताको संगित
कमिलाको फेरि देखिको प्रयास
मृत्यू संग लड्दा पनि जिवन जिउने
भ्यागुताको आशा
तर कँहा छन् हामीमा त्यति पनि
दिन दिनै लाचार बन्दैछौं बनिदैछांै
हामी युवा
एक तिर भनिदैछांै हामी भविष्य
निमार्णका कर्णधार भनि
तर भित्र भित्रै पाल्दैछांै भ्रष्ट्र मन
कुरौटे पन
के सधै लडीरहने हामी यसकै लागि त
खै त हाम्रो अरु चाहना इच्क्षा र
सपनाहरु
के हामी ठुटो आगोमा मात्र जलिरहने त?
के यहि नै हो त हाम्रो उदेश्य
खुम्चीदै गएको धर्तीझैं
ब्यस्त भुगोल संगै कता हरायो त
हाम्रो भविष्य ।।