विद्यार्थी सङ्ख्या कम भएका कारण सामुदायिक विद्यालयको अस्तित्व सङ्कटमा

विद्यार्थी सङ्ख्या कम भएका कारण सामुदायिक विद्यालयको अस्तित्व सङ्कटमा

विद्यार्थी सङ्ख्या कम भएका कारण इलामका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व सङ्कटमा परेको छ ।
विद्यार्थी कम भएका कारण ४८ वटा प्रावि बन्द हुने अवस्थामा पुगेका हुन् । ती विद्यालयमा न्यूनतम चारदेखि अधिकतम २० जना मात्र विद्यार्थी छन् । विद्यार्थी कम हुँदा शिक्षक विद्यार्थीको अनुपात नमिलेको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ । सूर्याेदय नगरपालिकाको पञ्चकन्यास्थित भवानी प्रावि माघेमा पाँचजना विद्यार्थीका लागि तीनजना शिक्षक कार्यरत छन् ।
यस्तै त्यहि नगरपालिकाको फिक्कल आहाले स्थित कृष्ण प्राविमा सातजना विद्यार्थीका लागि चारजना शिक्षक कार्यरत छन् । जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले शिक्षक विद्यार्थी अनुपात अत्यन्तै कम देखिएपछि दरबन्दी मिलान गर्न लागिएको बताउनु भएको छ ।
सिद्धार्थ प्रावि साँखेजुङ, पुवामाई प्रावि साँखेजुङ, शान्ति प्रावि समालबुङ, अरनिको प्रावि रक्से, लालीगुराँस प्रावि माईमझुवामा १० जनाभन्दा कम विद्यार्थी अध्ययनरत छन् ।
निम्नमाध्यमिक तह र माध्यमिक तहमा शिक्षक दरबन्दी नपुगेर निजी तथा अन्य स्रोतबाट शिक्षक राख्नुपर्ने अवस्था छ भने प्राथमिक तहमा शिक्षक विद्यार्थी बिना नै बसिरहेका छन् । प्रावि तहमा विद्यार्थी अनुपातमा शिक्षक राख्ने हो भने सबै विद्यालयमा शिक्षक अभाव नहुने जिल्ला शिक्षा अधिकारी गौतमको भनाई छ ।
सूर्याेदय प्रावि श्रीअन्तु, राष्ट्रिय प्रावि जौवारी जमुना, सूर्याेदय प्रावि मावुमा ११÷११, सिंहदेवी प्रावि जितपुर, अमरज्योति प्रावि जितपुर र महमाई प्रावि बरबोटेमा १२÷१२, भानुभक्त प्रावि समालबुङ, लालीगुराँस प्रावि जोगमाई र जनज्योति प्रावि फाकफोकमा १३÷१३ जना विद्यार्थी अध्ययनरत छन् ।
१४ जना विद्यार्थी भएका तीन, १५ जना विद्यार्थी भएका चार, १६ जना विद्यार्थी भएका तीन, १७ जना विद्यार्थी भएका चार, १८ जना विद्यार्थी भएका दुई, १९ जना विद्यार्थी भएका सात र २० जना विद्यार्थी भएका सातवटा प्रावि गरी ४८ वटा रहेका छन् ।
..........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्