महिलाहरु अहिले पनि विभिन्न किसिमका हिंसाबाट प्रताडित

महिलाहरु अहिले पनि विभिन्न किसिमका हिंसाबाट प्रताडित

महिलाहरु अहिले पनि सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेको  विराटचौकमा भएको जिल्ला महिला अधिकार मञ्च गठनमा सहभागीहरुले बताएका छन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल र नारी विकास संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष रेनुका मल्ल ठकुरीले महिलाहरु अहिले पनि विभिन्न किसिमका हिंसाबाट प्रताडित रहेको बताउनु भयो ।

ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको आवाजलाई बुलन्दै बनाउँदै केन्द्रीय तहमा पुगाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै महिला रक्षक संजालकी अध्यक्ष शिवमाया तुम्वाहाम्फेले राज्यको विभेदकारी नीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नारी विकास संघकी कार्यक्रम संयोजक सरीता अधिकारीले ग्रामीण महिलाहरुका लागि ग्रामीण नीतिले मात्र गाउँका महिलाहरुका समस्यालाई सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।

यस्तै सीता सुवेदीको अध्यक्षतामा १८ सदस्य जिल्ला महिला अधिकार मञ्चको गठन गरिएको छ । जसमा उपाध्यक्ष उर्मिला थापा , महासचिव कमला योञ्जन , सचिवमा कल्पना घिमिरे र कोषाध्यक्षमा सिर्जना राई रहनु भएको छ । कार्यक्रममा मोरङका चौधवटा गाविस र ६ वटा नगरपालिकाका महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्