खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते

खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते

मोरङ्गको लेटाङ ६ मा लेटाङ खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते भएका छन् ।

लेटाङ बजारमा खानेपानी संस्थानको ज १ त ६१४६ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरमा काम गर्ने रौतहट पौराही ९ घर भइ लेटाङ ९ मा बस्ने १७ बर्षिय सविन श्रेष्ठ र धनुषा मधलेश्वर २ का ३० बर्षिय शंकर मण्डल घाईते भएका हुन् ।

घाईते दुबैको न्यूरो अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । ट्क्याक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्