मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पार्ने भनिएको ढिके नुन प्रयोगमा

मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पार्ने भनिएको ढिके नुन प्रयोगमा

इलामका ग्रामिण भेगमा अझैपनि मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पार्ने भनिएको ढिके नुनको प्रयोग भइरहेको पाइएको छ ।
पूर्वी सीमावर्ती गाउ“घरमा गाईवस्तुका लागि मात्र नभई मानिसले पनि प्रयोग गर्ने गरेको पाइएको हो । इलामका जौबारी, मानेभञ्ज्याङ, पशुपतिनगर, श्रीअन्तु, जिर्मले लगायतका नाकाबाट त्यस्ता आयोडिन नभएको नुन ठूलो परिमाणमा भित्रिने गरेको स्थानीयवासीले बताएका छन् ।
भारतीय बजारबाट ल्याइने त्यस्तो नुन सीमावर्ती बजारमा खुलै रूपमा लामो समयसम्म राखिने र मौका पर्नासाथ नेपालका गाउ“मा पठाइने गरेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ । जुन नुनमा आयोडिनको मात्रा अत्यन्तै न्यून हुन्छ । तुलनात्मक रूपमा आयोडिनयुक्त नुनको तुलनामा सस्तो हुँदा ग्रामिण भेगमा यो नुनको प्रयोग उसैगरि भइरहेको छ ।
साल्ट ट्रेडिङ लिमिटेडको झापास्थित कार्यालयका अुनसार त्यस्ता अहितकर नुन भित्र्याउने काम राजस्व गस्ती टोलीले नियन्त्रण गर्ने गरेको छ । इलाममा भने हालसम्म त्यस्तो नुनको कारोबारमा कुनै किसिमको कारबाही भएको पाइएको छैन ।
नुनमा ५० प्रतिशत आयोडिन (पिपिएम)को मात्रा हुनैपर्ने नुन मानव र पशु स्वास्थ्यका लागि अत्यावश्यक हो । आयोडिनको कमीले मानिसको स्वास्थ्यमा थुप्रै नकारात्मक प्रभाव पर्नुका अतिरिक्त वस्तुभाउले पनि कम दूध दिने र रोगी हुने बताइएको छ ।

साल्ट टे«डिङ कार्यालयका अनुसार आयोडिनयुक्त नुन मेची अञ्चलमा वार्षिक लाखौँको नुन खपत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्