स्कूल बसले वृद्धालाई ठक्कर दिँदा…

स्कूल बसले वृद्धालाई ठक्कर दिँदा…

बिर्तामोड । बिर्तामोडबाट विद्यार्थी बोकेर पश्चिम जाँदै गरेको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी उच्च माध्यमिक विद्यालयको बसले आज एक वृद्धालाई ठक्कर दिएको छ ।
चारपाने चौक पूर्व स्थानीय ८० बर्षीया खादोसरी राजवंशीलाई बाटो काटने क्रममा न्यूटन्स स्कूलले ठक्कर दिँदा राजवंशी घाईते बनेकी छिन् । सडक छोडी अनियन्त्रित बनेको बसका सबै विद्यार्थी सकुसल रहेका छन् भने घाईते राजवंशीलाई उपचारको लागि विर्तामोडको एक हस्पिटलमा पुर्याउँदा उपचार सम्भव नहुने भएपछि बिराटनगरतर्फ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्