नेपालको झण्डाको : एक सत्यता

नेपालको झण्डाको : एक सत्यता

नेपालको झण्डा संसारमा एकमात्र चारकुना नभएको राष्ट्रिय झण्डा हो । यो झण्डा दुईवटा त्रिभुजाकार ध्वजाहरु मिलेर बनेको छ । यसमा प्रयोग भएको गाढा रातो रङ्गलाई नेपालको राष्ट्रिय फुल लालीगुराँस र राष्ट्रिय रङ्ग सिम्रिक मानिन्छ । रातो रङ्ग विजयको प्रतिक पनि हो । झण्डामा प्रयोग भएको निलो किनाराले शान्ती जनाउँदछ । सन् १९६२ भन्दा अगाडि नेपालको झण्डामा प्रयोग भएको चन्द्र र सुर्यमा मान्छेको अनुहारको आकृति प्रयोग हुन्थ्यो । सन् १९६२ पछि झण्डालाई आधुनिकीकरण गर्नका लागि चन्द्र र सुर्यबाट ति मान्छेको आकृतीहरु हटाइए ।nepal-flag2

नेपालको नयाँ झण्डा तत्कालिन संसदबाट निर्णय भई सन् १९६२ डिसेम्वर १६ मा निर्माण गरिएको थियो । नेपालको झण्डामा एउटा मात्र त्रिभुजाकार ध्वजा लगभग २०० वर्षसम्म प्रयोग थियो भने दुईवटा भुजाहरुको प्रयोग १९ औँ सताब्दिदेखि प्रयोग भएको पाईएको छ । अहिलेको नेपाली झण्डा यसको असली झण्डाबाट प्रेरित भएको पाईन्छ जुन २००० वर्षसम्म प्रयोग भएको थियो ।

नेपालको झण्डाको व्याख्या

झण्डामा प्रयोग भएको निलो किनाराले गौतम बुद्ध ९जो नेपालमा जन्मेका थिए० को पालादेखि नै देशको शान्ती र मेलमिलाप जनाउँदछ । गाढा रातो रंग नेपालको राष्ट्रिय रंग हो । यसले नेपालीहरुको बहादुरि र विरतालाई जनाउँदछ । झण्डामा प्रयोग भएका दुईवटा त्रिभुजहरुले नेपालका हिमाहरुलाई जनाउँदछ साथै यिनिहरुले नेपालका दुई प्रमुख धर्म हिन्दु र बौद्धलाई पनि जनाउँदछन । रामायण र महाभारतको समयदेखि नै त्रिभुजाकार रातो झण्डालाई हिन्दुहरुको विजयको प्रतिकको रुपमा लिएको पाईन्छ । नेपालको झण्डाको सम्पुर्ण शरिरले स्थायित्व र चन्द्र शुर्य रहेसम्म नेपाल अमर होस भन्ने चाहना व्यक्त गर्दछ ।

झण्डामा प्रयोग भएको चन्द्रमाले नेपालीहरु सत्यवान र शान्तीपृय छन भनेर बुझाउँदछ भने शुर्यले नेपालीहरुको उग्रता र प्रचण्डतालाई व्याख्या गर्दछ । चन्द्रमाले हिमालय क्षेत्रको सितल वातावरण र चिसो मौसमलाई बुझाउँदछ भने शुर्यले नेपालको तराई क्षेत्रको तापक्रम र तातो वातावरणलाई जनाउँदछ । अर्को तरिकाले व्याख्या गर्दा नेपालको झण्डाको स्वरुपले नेपाली प्यागोडा शैलीलाई पनि जनाउँदछ । नेपालको झण्डाको डण्डीको छेउमा झण्डातिर ऐना फर्काउर राखेमा ऐनामा प्यागोडाको चित्रण हुन्छ भन्ने भनाई छ ।nepal1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्