क्रिष्टियानो रोनाल्डोको सर्वाधिक ह्याट्रिकको कीर्तिमान

क्रिष्टियानो रोनाल्डोको सर्वाधिक ह्याट्रिकको कीर्तिमान

रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका छन् ।
गए राति रियल मड्रिडले सेल्टाभिगोलाई ३–० ले पराजित गर्दा रोनाल्डोले ला लिगामा २३ औं ह्याट्रिक गर्दै किर्तीमान बनाएका हुँन । यो सगै रियल मड्रिडका फवार्ड रोनाल्डोले रियलका लागि १ सय ७८ खेल खेल्दै २ सय गोल गरेका छन् ।
उनले पूर्व खेलाडीहरु स्टेफानो र जारालाई पछि पारे । स्टेफानो र जाराले समान २२ ह्याट्रिक गरेका थिए ।
रोनाल्डोको ह्याट्रिकसँगै रियल मड्रिडले भने सबै प्रतियोगितामा गरी लगातार १८ औं जित हात पारेको छ । जितपछि रियल मड्रिड १४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा छ ।
यसैबिच ला लिगामा आजराति बार्सिलोना इस्पानियोल तथा भिल्लारीयल रियल सोसिडाडसंग भिड्दैछ ।
इङ्गीस प्रिमीयर लिगमा भने आजराति एस्टोन भिल्लाले लिसेस्टर सिटीको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्