जेष्ठ नागरिक भवन निर्माण कार्य सुरु

<span class='c1'>जेष्ठ नागरिक भवन</span> <span class='c2'>निर्माण कार्य सुरु</span>

पचरुखी जेष्ठ नागरिक समाज ईटहरी ५ ले जेष्ठ नागरिक भवन निर्माण कार्य सुरु गरेको छ । एक कार्यक्रमका विच ८२ वर्षिय जेष्ठ नागरिक पा“चु चौधरीले भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि जेष्ठ नागरिक समाजले मंसिर १४ गते देखि श्रीमद्भागवत सप्ताह महापुराणको समेत आयोजना गरेको थियो । युवा पण्डित योगेश भण्डारीको प्रमुख वाचकत्वमा भएको महापुराणबाट भवन निर्माणका लागि लगभग ७५ लाख रकम दान खातामा लेखाईएको भएपनि २५ लाख नगद भने प्राप्त भईसकेको आयोजक समितिका आर्थिक संयोजक टंक खनालले जानकारी दिनुभयो । सप्ताहको समापन समेत आजै गरिएको थियो । पुराणको अवसरमा आज सामुहिक ब्रतबन्ध समेत गरिएको थियो ।जेष्ठ नागरिक समाजको सो भवनको निर्माण कार्य जतिसक्दो चाडै सुरुगर्ने आयोजक समितिका संरक्ष्ँक हरिशर्मा रिजालले जानकारी दिनुभयो । आज शिलान्यास गरिएको सो दुई तल्ले भवन निर्माणका लागि एक करोड लागत लाग्ने पचरुखी जेष्ठ नागरिक समाज ईटहरी ५  का सचिव गुणनिधि खनालले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्