कन्याम दुर्गन्धित, पिउने पानीका मुहानमा पनि दिसा–पिसाब

कन्याम दुर्गन्धित, पिउने पानीका मुहानमा पनि दिसा–पिसाब

इलाम, मंसिर २३ । वर्षौंदेखि पर्यटकीय तथा वनभोज स्थलका रुपमा रहेको इलामको कन्याम यतिबेला दुर्गन्धित बनेको छ । कन्याममा आउने पर्यटकहरुले फ्याँकेको फोहोर, दिसा, पिसाब व्यवस्थित नहुँदा गाउँसम्म दुर्गन्ध फैलिएको छ ।

वनभोज स्थलललाई व्यवस्थित गर्न गाउँ विकास समितिले वर्षेनी ठेक्का लगाउने गरेकोमा यो वर्ष अर्थ मन्त्रालयले सूर्योदय नगरपालिकालाई पत्रलेखेर कुनै पनि ठेक्का नलगाउन र कर नउठाउन निर्देशन दिएपछि कन्याम यतिबेला अस्तव्यस्त बनेको हो ।

वनभोज स्थल अलपत्र भएपछि दिसा–पिसाबका कारण पिउने पानीका मुहानहरुमा समेत फोहोर बढेको स्थानीय दुर्गा भट्टराईले बताए । अहिले सार्वजनिक शौचालय पनि बन्द भएको छ ।

कन्याम चिया बगान निजीकरणमा लिएको संघाई ग्रुपले चिया बगानबाट गाविसले शुल्क उठाएको विषयमा सरकारलाई उजुरी गरेपछि अर्थ मन्त्रालयले ठेक्का नलगाउन स्थानीय निकायलाई पत्राचार गरेको थियो ।

source: Image khaber

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्