जिवन बचाउन अब आफै सोच्ने हो की ? – रमेश खरेल

जिवन बचाउन अब आफै सोच्ने हो की ? – रमेश खरेल

 

रमेश खरेल

दैनिक रुपमा अस्वास्थ्य मानिसको संख्या बढिरहेको छ । संख्या बढने क्रम यथावत नै छ । हामि जो कोही पनि अस्पतालको शैयामा पुग्दको अवस्थामा डाक्टरहरुको प्राय सल्लाह दिने शब्द रगत, रगतको संकलन, यो रगत व्यवस्था गर्ने चाही गाह्रो काम भएको छ ।

जो सँग सम्बन्धित छन् । उनिहरुलाइं राम्ररी थाहाँ छ । हुन पनि यति महत्वपूर्ण मानव ज्यानसँग सम्बन्धित रगत हतपत्त उपलब्ध हुदैनन् । गाह्रो हुनुको मुख्य कारण चाहि रगत व्यवस्थापन गर्ने संघ सस्थाहरुको अभाब भन्दा पनि हामि नागरिकको आफैनै सचेतनाको अभाव हो ।yfb

हामि सँग अझै पनि रगतको क्षेत्रमा काम गर्ने मात्र ब्लड बैंकलाई सम्झन्छौ र उसको घरमा दही जमाएर मोहि पारे जस्तै गरी रगत उत्पनदन गर्दछ । तर, यर्थात त्यस्तो छैन् । हामि आफै पनी अझै पनि स्वस्थ्य मानिसले हरेक ३ महिनामा दिन मिल्ने र मानिसमा खेर जाने रगत दिन हिचकिचाउछौ ।

तर, अहिले रगतको व्यवस्थापनको लागि एउटा आस लाग्दो सास्थालाई लिनु पर्दछ । जो युवाहरुको संस्था युथ फर ब्लड हो । थ्ँद्य ले धेरै मान्छेको जीवन बनाएको छ । साथै बचाउने पनि छ । यसको संस्थापक मित्र सरोज कार्कीका अनुसार विराटनगरमा मात्र दैनिक ४०–५० पिन्ट रगतको आवश्यकता पर्ने जानकारी दिए । थ्द्यँ को समायोजनमा १०–१५ प्रिन्ट उपलब्ध गराइन्छ । सोचौँ एउटा संस्थाले दिनमा १०–१५ जनाको ज्यान बचाउछ भने हामि सबैले ध्यान दिदाँ रगत अभाव धेरै नै न्यूनीकरण गर्न सकिन्छ । धेरैको ज्यान बचाउन सकिन्छ । थ्द्यँ कै साथिबाट सुनेको थिए, रगत आवश्यकता र रक्त दाता बिच धेरै नै ठुलो खाडल छ । हामी लागौ भने त्यो परिपूर्ती गर्न सक्छौ र प्रत्येक मानिसलाई आकल मृत्युबाट बचाउन सक्छौ । थ्द्यँ मात्र होइन म पनि कसैको लागि सहजकर्ता हु म पनि आफन्त या मेरो रगत दिएर कसैको जीवन बचाउन सक्छु भन्ने सोचौँ । आखिर स्वास्थ्य मान्छेको शरीर बाट खेर जाने रगतले अर्को मान्छेको जीवन बाचाउन सक्छ भने किन नगर्ने । हामीले धेरै उदाहरण भेटेको छौ । कसैलाई रगत चाहिदा पहिलो उत्तर हुने गरेको छ, थ्ँद्य लाई फोन गर या ब्लड बैंकमा गएर थर्कान दि हाल्छ नी, तर यो उत्तरको साटो पख है मेरो छ । या आफन्तको बाट मिलाई दिन्छु भन्ने आवाज सबैको होस । तर, यो वातावरण बनाउनकोलागि सम्बन्धित संघ संस्थाले जनचेतना फैलाउन जरुरी छ ।

तसर्थ अब हामि प्रकृस्तीत हौ । रगत दिन अरुको मूख ताकेर कोइ आफन्तको जीवन जोखिम पार्नु भन्दा आफ्नो या आफ्नो सरकलको साथिहरुको रक्तदान गराई ढुक हौ । हामि सबै सचेत हौ, रक्तदान गरौ जीवन बचाऔ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्