आर्थिक अभावमा शरीरमा गोलीका छर्रा बोकेर हिड्न बाध्य

आर्थिक अभावमा शरीरमा गोलीका छर्रा बोकेर हिड्न बाध्य

उपचार गराउन आर्थिक अभावमा इलामका राम राई र तेजबहादुर राई शरीरमा गोलीका छर्रा बोकेर हिड्न बाध्य हुनु भएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई शरीरमा गोली बोकेर हिँड्न बाध्य हुनुभएको हो । रामको दुवै खुट्टामा गोली छ भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ ।
उपचारको लागी सहयोग माग्दै धेरै तिर धाएपनि उपचार पाउन नसकेको राम राईले बताउनुभयो । चिसोमा तेजबहादुरको खुट्टामा सेनाले हानेको एलएमजीको गोली लागेको छ ।
स्वदेशमा उपचार सम्भव नभएपछि विदेशमा गएर उपचार गराउन आर्थिक अभाव भएको हो । स्वदेशमा उपचार गराउँदा ज्यान नै जोखिममा पर्ने भएको उहाँहरू बताउनुहुन्छ ।
आर्थिक अवस्थासमेत कमजोर भएकाले उपचार गर्न नसकेको रामले बताउनुभयो । एनेकपा (माओवादी) पार्टी नेतृत्व तहमा हुँदा पनि आफूहरूको उपचारमा सहयोग नभएको उनीहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्