भ्रम र वास्तविकता -अशविनी कोइराला

भ्रम र वास्तविकता -अशविनी कोइराला

नेपालमा के मा राजनीति भएन ? सबै कुरामा भयो । पशुपति नाथ पनि यसको रापमा परे ।
यसपटक दक्षिण भारतको भ्रमणमा गएपछि पो थाहा भयो, पशुपतिनाथमा दक्षिण भारतीय पुजारी भएका कारण त्यो क्षेत्रमा पशुपतिनाथको सित्तैमा प्रचार भएको रहेछ । हजारौं दक्षिण भारतीयहरु वर्षेनी नेपाल आउ“दा रहेछन् । तै पनि त्यहा“का जनता अनौठा भ्रम रहेछन् । त्यो थाहा पाउ“दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ ।
भ्रम एक
काठमाडौंमा रा“गोको मासु लोकप्रिय छ । जताततै रा“गाको मासु काटेको, त्यसलाई खुलारुपमा बोकी हि“डेको दृष्य केही समयअघि सम्म सामान्य थियो । अहिले पनि यदाकदा यस्ता दृष्य देखिन्छन्, प्रशासनको कडाईंका अतिरिक्त पनि । यो दृष्य देखेर फर्केका दक्षिण भारतका पर्यटकले त्यहा“का स्थानीयमा पशुपतिमा रा“गाको मासु काटिन्छ, त्यसैको प्रसाद बा“डिन्छ । पशुलाई बलि दिने भएकैले यसको नाम पशुपतिनाथ रहन गएको भन्ने हौवा फैलाइएको रहेछ ।
सबैभन्दा रमाइलो कुरा माओवादीले भारतीय पूजारी हटाउनुको मुख्य कारण भारतीय पूजारीले रा“गाको मासु स्वीकार नगर्ने, तर नेपाली पूजारीले त्यसलाई स्वीकार गर्नुपर्छ भन्ने विवाद बढेर पूजारी हटाउने द्वन्द्व भएको बुझेका रहेछन् ।
भ्रम दुई
नेपालका सबै मन्दिरमा बलिप्रथा छ भन्ने अर्को भ्रम रहेछ । दक्षिण भारतका मन्दिरहरु निकै धनी छन् । यहि कारण यी मन्दिरको भब्यता ठूलो छ । पैसा भएकै कारण हुनसक्छ, सडक र घर भन्दा यहा“का मन्दिर सफा छन् । यति सफा कि माग्नेहरु पनि मन्दिर आउ“दा सफा लुगा लगाएर आउ“छन् । किनभने थोत्रे लुगा लगाउने वित्तिकै कुनै दाताले उसलाई नया“ लुगा किनिहाल्छ ।
यस्ता सफा र सुन्दर मन्दिर देखेर हुर्केका दक्षिण भारतीयहरु पशुपतिनाथलाई फोहोर देख्नु अनौठो होइन । उनीहरु मन्दिर फाहोर हुनुको कारण रा“गा काटेरै हो भन्ने मान्दा रहेछन् । यहा“ आएका तिर्थालुमा पनि यहि भ्रम पर्दो रहेछ । म बेङ्लोर पुग्दा भर्खरै गढिमाईको मेला सकिएको थियो । त्यहा“का मानिसहरु गढिमाईको बलिलाई पनि पशुपतिनाथ नजिकैको कुनै मन्दिरमा भएको बलि मान्दा रहेछन् । भारतीय मिडियाले ‘पशुपतिनाथका देश नेपालके गडिमाईमे बलि’ जस्ता समाचारका कारण यो भ्रम गहिरो गरी बसेको रहेछ ।
तीन
नेपाल धर्मनिरपेक्ष मुलुक भएको सुन्दा त्यहा“का धेरै मानिसलाई नराम्रँे लागेको हामीलाई बताए । उनीहरु भन्दैथिए, विश्वमा एक अर्बभन्दा बढि हिन्दु बस्छन् । ती सबैको आस्थाको केन्द्र नेपाललाई किन धर्मनिरपेक्ष बनाएको भनेर हामीलाई सोधिरहेका थिए । उनीहरुलाई धर्मनिरपेक्ष हुनु हिन्दु धर्म निषेध भएको होइन भनेर बुझाउन खोज्दा उनीहरु भन्दै थिए, ‘नेपाललाई धर्मनिरपेक्ष बनाएको सुन्दा हामीलाई त चित्त दुख्यो, तपाईंहरुलाई दुखेको छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्