म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमायो ।

म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमायो ।

म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमाएको छ । गएराति भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । तर, सिटीले बर्नलीविरुद्ध २–० को अग्रता पनि जोगाउन सकेन र चेल्सीसँगको अंक दुरी १ मा झार्ने मौका गुमायो ।
सिटीले ३३ मिनेटमा दुई गोलको अग्रता लिएको थियो तर, बर्नलीले दोस्रो हाफमा दुई गोल फर्काउँदै अंक खोस्न सफल भयो । चेल्सी १९ खेलबाट ४६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सिटीको ४३ अंक छ ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले वेष्टह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्