क्रसर उद्योग बन्द गर्न स्थानियको माग

क्रसर उद्योग बन्द गर्न स्थानियको माग

 

पुस १४÷लेटाङ

उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ७ स्थित चिसाङ खोलामा सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानियहरुले माग गरेका छन् । बस्ती संगै जोडीएको खोलाले गाँउलाईनै जोखिम भईरहेको बेला क्रसर उद्योगले अब्यबस्थित ढंग बाट कच्चा पदार्थ निकालेर झन जोखिम बढाएको भन्दै स्थानियले विरोध गरेका् हुन । अरबौ रुपैयाको गिटी बालुवा झिक्दा समेत गाँउको विकासमा कुनै प्रवाह नगरेको र क्रसर उद्योग सञ्चालन गर्नु गाँउको विकासको विषयमा गरेको पुर्व गरेको सहमती कार्यन्वयन नगरेको भन्दै स्थनिय आक्रोसित भएका हुन् । गाँउमा पानीका मुहान सुक्दै गएर स्थानिय बासिन्दाले काकाकुलको अवस्था भोग्न बाध्य हुनु पनि क्रसर दोसी रहेको उनिहरुको भनाई छ । उता गाँउको समस्यालाई छलफलको मध्यमबाट समाधान गर्ने क्रसर सञ्चालक भिम पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्