बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा एक व्यक्तिको मृत्यु

बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा एक व्यक्तिको मृत्यु

छिमेकीको कुटाइबाट खोटाङमा एक व्यक्तिको मृत्यु भएको छ । बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको ज्यान गएको हो । स्थानीय विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनका आफन्तले शनिबार राति राईलाई निर्घात कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते बनेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा आज बाटैमा ज्यान गएको हो ।

मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । राईलाई कुटपिट गरेलगत्तै स्थानीय ५४ वर्षीय अविबहादुर विश्वकर्मा र ३७ वर्षीय होमबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।
खड्गबहादुरले यसअघि पनि सो महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको विश्वकर्मा परिवारले जनाएको छ । राई र विश्वकर्मा परिवारबीच हुने गरेका घटनाका विषयमा यसअघि पनि पटक–पटक मिलापत्र गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

..............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्