ईलामको एक विद्यालय ११ वर्षदेखि सामुदायिक वनको भवनमा सञ्चालन

<span class='c1'>ईलामको एक विद्यालय ११ वर्षदेखि</span> <span class='c2'>सामुदायिक वनको भवनमा सञ्चालन</span>

ईलामको दक्षिणी महमाईको एक विद्यालय ११ वर्षदेखि सामुदायिक वनको भवनमा सञ्चालन भइरहेको छ ।
महमाई वडा नं ८ स्थित बालकल्याण प्राथमिक विद्यालय, भवन अभावमा स्थापनाकालदेखि नै रातेचुली सामुदायिक वनको भवनमा सञ्चालन भइरहेको हो ।
भवन मात्र भएकाले त्यहाँ अन्य भौतिक पूर्वाधार अभावमा विद्यार्थीको अतिरिक्त क्रियाकलापमा समस्या भएको विद्यालयले जनाएको छ ।
सामुदायिक वनको भवनमा विद्यार्थीलाई पिउने पानीको समेत प्रबन्ध छैन । शौचालय भए पनि पानी अभावमा प्रयोगविहीन अवस्थामा रहेको अभिभावकको भनाई छ ।
विद्यार्थी शौच गर्न अन्यत्रै जानुपर्ने बाध्यता रहेको बिद्यालयका प्रधानाध्यापक अनिन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्