चिसो अत्यधिक बढेपछि सिरहा जिल्लाका सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने निर्णय

चिसो अत्यधिक बढेपछि सिरहा जिल्लाका सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने निर्णय

चिसो अत्यधिक बढेपछि सिरहा जिल्लाका सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने निर्णय भएको छ । आज ल्होछार पर्व भएकोले भोलिदेखि विद्यालय बन्द राख्ने निर्णय भएको हो ।
सिरहा सदरमुकाममा आज बसेको पेसागत शिक्षक सङ्घ सङ्गठनको बैठकले भोलिदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष मनोजकुमार यादवले जानकारी दिनुभयो ।
जिल्लामा ३०५ वटा प्राथमिक विद्यालय, ५३ वटा माध्यमिक विद्यालय र ७४ वटा उच्च मावि रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।
चिसोले हालसम्म चारजनाको ज्यान गइसकेको छ । ज्यान जानेहरुमा इटहर्वा–२ का ६० वर्षीय लखन पासवान, चन्द्रअयोध्यापुर–७ का लालदेव सदाको २० दिनकी छोरी अञ्जुकुमारी सदा, सुखीपुर–८ का ६० वर्षीय बौवा सदाय र विद्यानगर–२ का ५० वर्षीया आशादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
केही दिनदेखि चलेको शीतलहर र बाक्लो हुस्सुका कारण जाडो अत्यधिक बढेपछि सिरहासहित तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बजारमा चहलपहल घटेको छ । मानिस घरमै घुरा (आगो) बालेर तापिरहेका देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्