एक हजार ८५० विद्यार्थीलाई जाडोको कपडा वितरण

एक हजार ८५० विद्यार्थीलाई जाडोको कपडा वितरण

अष्टे«लियाली नागरिक समाज ‘यससीएआइ’ द्वारा सञ्चालित सूर्याेदय बाल अनाथ सेवा समिति काठमाडौँले दक्षिणी झापाको राजगढमा रहेका सातवटा सामुदायिक विद्यालयका एक हजार ८५० विद्यार्थीलाई जाडोको कपडा वितरण गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जाडोको कपडा, टोपी, स्विटर, ज्याकेट, जुत्ता, मोजालगायतका सामग्री वितरण गरिएको स्थानीय पशुपति उच्च माविका शिक्षक रमेशकुमार सिंहले जानकारी दिनुभयो ।

पशुपति उच्च माविमा कक्षा १० सम्म अध्ययनरत ९५० सहित रामनगर प्रावि, बुट्टाबारी निमावि, जनता निमावि, भगवती निमावि, अमृत निमाविलगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको छ ।

समाजले यसअघि पनि राजगढमा सञ्चालित प्रत्येक विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत १०÷१० जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई शैक्षिक सामग्री, पोसाक तथा छात्रवृत्ति वितरण गर्दै आएको अष्टे«लियाली नागरिक समाजका सीता शिवाकोटी मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्