विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही

<span class='c1'>विद्युत् चोरी गर्ने</span> <span class='c2'>१५० जनालाई कारबाही</span>

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकले गएको तीन महिनामा विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही गरी रु ६ लाख रुपैयाँ असुली गरेको छ ।
विद्युत् खम्बामा अङ्कुश लगाएर चोरी गर्ने धरमपुर, महाभारा, वैगुनधुरा, तोपगाछीसहितका एक दर्जनभन्दा बढी गाविसबाट केन्द्रले १४१ जनालाई कारबाही गरेको जनाएको छ ।
उनीहरुलाई विद्युत् चुहावट गरेको अवस्थामा टोलीले पक्राउ गरी कारबाही गरिएको केन्द्रका प्रमुख सन्तोषकुमारले जानकारी दिनुभयो । कात्तिकदेखि यता गत आइतबारसम्म १४१ जनालाई जरिवाना गरी छोडिएको प्राधिकरणले जनाएको छ ।
जिल्लाको ग्रामीण क्षेत्रमा अवैध रुपले विद्युत्को खम्बामा अङ्कुश लगाएर चोरी गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय दमक र प्राधिकरणको संयुक्त टोलीले अनुगमनलाई तीव्रता दिँदै आएका छन् ।
........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्