यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

अरनिको राजमार्ग अन्तरर्गत पाँचखाल –१ मा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट दोलखाको लागि छुटेको ना ३ ख ११२५ नम्बरको बस सडकबाट खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु भएका ब्याक्ति को पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परि घाइते भएका ३० जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी पूजा सिंहले जानकारी दिनुभयो । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्