डिभिजन–२ सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदै

डिभिजन–२ सहभागि हुन  नेपाली टोली आज दक्षिण अफ्रिका जाँदै

नामिबियामा हुने आइसिसि बिश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदैछ । नेपाली क्रिकेटको ब्रेक थ्रु मानिएको प्रतियोगिताको तयारीका लागि पहिलो चरणमा १३ खेलाडी र प्रशिक्षक पुबुदु दसानायके आज दक्षिण अफ्रिका जादैहुनुन्छ भने अमृत भट्टराईसंगै अन्य अधिकारी भने शुक्रवार मात्रै त्यसतर्फ लाग्ने भएकाछन । नेपालले दक्षिण अफ्रिका बसाईका क्रममा त्यहाको स्थानीय क्लबसंग ३ ओटा अभ्यास म्याच खेल्नेछ । नामिबियामा जनवरी १७ देखि सुरु हुने प्रतियोगितामा नेपालले आयोजक राष्ट्रसहित केन्या, क्यानडा, युगाण्डा र नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । शिर्ष २ टोलीले आइसिसि अन्तर महादेशिय चारदिवसीय कप सहित बिश्व क्रिकेट च्याम्पियनसिपमा भाग लिन पाउनेछ भने शिर्ष ३ टोलीले सन २०१८ मा हुने बिश्वकपको छनौट खेल्न पाउने भएका छन् ।
प्रशिक्षक पुबुदु दसानायकेले पछिल्लो ४ साता निकै राम्रो तयारी गरेकाले सकारत्मक नजिता आउने बताउनुभयो ।
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीलाई हिजो एक कार्यक्रमका बीच बिदाई गर्दै २२ खेलाडीलाई ४ ओटा ग्रेडमा बिभाजन गरि सेन्ट्रल कन्ट्याक समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्