चौधौँ प्याब्सन दिवस तथा सङ्गठन स्थापना दिवसका अवसरमा पुस्तक प्रदर्शनी

चौधौँ प्याब्सन दिवस तथा सङ्गठन स्थापना दिवसका अवसरमा  पुस्तक प्रदर्शनी

चौधौँ प्याब्सन दिवस तथा सङ्गठन स्थापना दिवसका अवसरमा प्याब्सन जिल्ला कार्यसमिति इलामले पुस्तक प्रदर्शनी गरेको छ ।
विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई लक्षित गर्दै प्याब्सनले इलामको गौतमबुद्ध सभागृहमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।
प्याब्सन जिल्ला कार्यसमितिका पूर्व सल्लाहकार तथा शिक्षाविद् युद्धप्रसाद वैद्यले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
विद्यालय तथा क्याम्पसस्तरका पाँच हजारभन्दा बढी पुस्तक राखिएको प्रदर्शनीको इलाम सदरमुकामका एक दर्जनभन्दा बढी निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षकले अवलोकन गरेको प्याब्सनका सचिव विकास कर्माचार्यले जानकारी दिनुभयो
एकता, आठराई, रिडमोर, युनाइटेडलगायत प्रकाशन गृहका साथै इलाम उद्योग वाणिज्य सङ्घमा रहेको अमेरिकन कर्नरबाट समेत बहुउपयोगी पुस्तक प्रदर्शनीमा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्