ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात

<span class='c1'>ताप्लेजुङको माथिल्लो क्षेत्रमा</span> <span class='c2'>पुनः भारी हिमपात</span>

ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात भएको छ भने चिसो अत्याधिक बढेको छ ।
हिमाली क्षेत्र घुन्सा, याङमा, ओलाङचुङगोला, पापुङ, याम्फुदिन लगायतका माथिल्लो भू–भागमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।
पाथीभरा क्षेत्रको माथिल्लो फेदिसम्म बाक्लो हिउँ परेको छ । यो वर्ष ताप्लेजुङमा पटक पटक गरी अत्याधिक हिमपात हुँदा स्थानीयको जनजिवन प्रभावित बनेको छ । उता, ठुलो पानी परेकाले कृषकलाई भने राहत मिलेको छ ।
धान काटेर गहुँ रोप्नका लागि बाँझो खेत जोत्न तयारी गरेका बेला परेको पानीले बेसीका कृषकलाई खेतीपातीमा सहयोग मिलेको हो ।
बेसी क्षेत्रमा पुस भित्रमा गहँु रोप्ने गरिन्छ । पानीले लेकाली क्षेत्रको अलैंची बगानमा सिचाइको काम गरेको छ ।
पाइपबाट भिजाएको पानीले भन्दा आकाशे पानीले भिजेको बगान राम्रो हुने भएकाले उत्पादनमा समेत वृद्धि हुने अलैची कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्