रक्सीले मातेका बुवाको कुटाईबाट १० वर्षिय बालकको ज्यान गयो

रक्सीले मातेका बुवाको कुटाईबाट १० वर्षिय बालकको ज्यान गयो

सिरहा, पुस २७ गते - सिरहाको गोलबजार नगरपालिका–३ जमदहमा बुवाको कुटाइबाट १० वर्षिय बालकको ज्यान गएको छ । शनिबार राती रक्सीले मातेका स्थानीय रामस्वरुप सदायले कान्छा छोरा विजयको टाउकोमा लाठीले हान्दा ज्यान गएको हो ।

टाउकोमा लाठी लागेपछि गम्भीर घाईते भएका विजयलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रक्सी पिएर आएका रामस्वरुपले श्रीमतीसँगको विवादका क्रममा छोराछोरीलाई कुटेका थिए ।

घटना लगत्तै फरार भएका रामस्वरुपको खोजी भैरहेको प्रहरीले बताएको छ ।

Source: Ujyalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्