जनकपुरमा एक युवाको रहस्यमय तरिकाले मृत्यु भएको छ । जनकपुर ४ घर भएका २५ वर्षका राजाराम झाको रहस्यमय तरिकाले मृत्यु भएको हो ।
बिहान भमरपुरा चोकमा बेहोस अवस्थामा फेला परेको र उन्को जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्तासमेत रहेका झाको मृत्युको कारण खुल्न सकेको छैन । त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।