इलामको माथिल्लो पुवा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुरू

इलामको माथिल्लो पुवा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुरू

इलामको पुवाखोलामा निर्माण सम्पन्न भएको माथिल्लो पुवा साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरू गरेको छ ।
५० करोड रुपैयाँको लागतमा निर्माण गरिएको आयोजनाले परीक्षण उत्पादन गरी नियमित विद्युत् उत्पादन सुरू गरेको हो ।
गत साउन महिनामै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि प्राविधिक कारणले एक महिनादेखि मात्र विद्युत् उत्पादन सुरू गरिएको विद्युत्गृहका इञ्चार्ज रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
तीन मेगावाट क्षमताको उक्त आयोजनाले अहिले सुक्खायामका कारण करिब २५० किलोवाट मात्र विद्युत् उत्पादन गरिरहेको छ ।
ठूलो पुवाखोलाको पानी पेनस्टकमा हालेर विद्युत्गृहमा पठाएर विद्युत् उत्पादन भइरहेको छ । सानो पुवाखोलाको पानीसमेत उक्त आयोजनाले प्रयोगमा ल्याउने भएको छ । सानो पुवाबाट पानी ल्याउन क्यानल निर्माण भइरहेको र पानी थप गरेर उत्पादन बढाउने लक्ष्य लिइएको श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त आयोजनामार्फत छुट्टै सवस्टेसन निर्माण भएकाले त्यहाँ उत्पादित विद्युत् ६०० मिटर पर रहेको इलाम–फिदिम जोड्ने ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रवद्र्धक संस्था जोशी हाइड्रोपावर कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्