वार्षिक रू.२ अर्बको नेचुरल मह निर्यात गर्न सकिने

वार्षिक रू.२ अर्बको नेचुरल मह निर्यात गर्न सकिने

नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले वार्षिक रू. २ अर्बको नेचुरल मह निर्यात गर्न सकिने बताएको छ । सङ्घले गएको आइतवार आयोजना गरेको एक कार्यक्रममा केन्द्रीय सहकारीका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालबाट सो मूल्य बराबरको मह निर्यात गर्न सकिने सम्भावना रहेको बताएका थिए | । हालको एक हजार ६ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । ‘नेपालले अहिले १० हजार मेट्रिक टन नेचुरल मह उत्पादन गर्न सक्छ,’ उनले भने ‘हाल उत्पादित महमध्ये सहकारीमा आवद्ध किसानले एक हजार मेट्रिक टन मह उत्पादन गर्दैै आएका छन् ।’ करीब ४ हजार किसानहरु यस व्यवसामा प्रत्यक्ष संलग्न रहेको र ४ हजार ५ सय घर परिवार तथा दश हजारभन्दा बढीले अप्रत्यरुपमा रोजगारी पाउँदै आएको सङ्घले जानकारी दिएको छ । एक घार मह राख्नको लागि कुनै पनि किसान तथा व्यवसायीले रू.१० हजार खर्चनु पर्ने छ ।
कार्यक्रममा सङ्घका अध्यक्ष पोखरेलले पूर्णरुपमा स्वदेशी स्रोत, साधन, श्रम सीपमा निर्भर महलाई एकीकृत व्यापार रणनीति (एनटीआइएस) को सूचीबाट हटाउन खोजिएको भन्दै माहुरीपालक किसान आन्दोलित भएका छन् । सरकारले महलाई एनटीआइएसबाट हटाएर नेपालको मौरीपालन व्यवसायीलाई धरासायी बनाउन खोजेको भन्दै सो सूचीबाट महलाई हटाए सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो । अन्तरराष्ट्रिय बजारमा नेपाली महको माग बढ्दै गएको र मौरीपालनले व्यवसायिक रुप लिइरहेको बेला सरकारले मौरीपालन व्यवसायीलाई धरासायी बनाउन खोजेको उनीहरुको आरोप छ । तर, वाणिज्य मन्त्रालयले भने महमात्र नभएर अन्य निर्यात योग्य वस्तुको पनि विश्लेषण हुँदै गरेको बताएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ हजार रुपैयाँको पनि मह निर्यात नभएको गलत तथ्याङ्क देखाएर सरकारले एनटीआइसबाट हटाउन लागेको भन्दै उनले सूचीबाट हटाइए सिंहदरवार घेराउका साथै सिंहदरवारको गेटमा मह पोख्ने चेतावनी दिए । सरकारले अन्तरराष्ट्रिय मापदण्डअनुरुपको महको केन्द्रीय परीक्षण प्रयोगशालाको व्यवस्था नगर्दा नेपालको मह अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न समस्या भएको उनले बताए । नेपालको मौरीपालनलाइ व्यवसायिक, मर्यादीत र व्यववस्थित बनाउन मह नीति जति सक्दो चाँडो ल्याउनु पर्ने माग राख्दै मौरी विकास बोर्ड गठनमा सङ्घ लागि परेको उनको भनाइ थियो | ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्