इलाममा माईबेनी र झापामा माईधार मेला सुरू

<span class='c1'>इलाममा माईबेनी र झापामा</span> <span class='c2'>माईधार मेला सुरू</span>

माघे संक्रान्तिको अवसरमा इलाममा माइबेनी मेला र झापामा माईधार मेला सुरू भएको छ । इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा आजदेखि मेला सुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लाग्न थालेको मेला आयोजक समितिले जनाएको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण बेनी मेलामा मकर नुहाउनसमेत जाने गरेका छन् । यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौं सर्वसाधारण एक सातादेखिनै माईबेनी पुगेका छन । इलाम जिल्लाको नामसालिङ र गोदक गाविसअन्तर्गत माईबेनीमा यो मेला वर्षौअघिदेखि लाग्दै आएको छ । यसवर्ष पनि माघे सङ्क्रान्तिको अवसरमा झापाको कनकाई माईधारमा भव्य मेला लागेको छ । मेलामा रोटेपिङ, विज्ञानकला, राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । माईधारमा मकर स्नानका लागि हजारौं नागरिक मेलामा जाने गरेका छन ।
............................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्