भूकम्पीय जोखिममा नेपाल संसारकै उच्च

भूकम्पीय जोखिममा नेपाल संसारकै उच्च

काठमाडौं २ माघ  :  आज राष्ट्रिय भूकम्प दिवस विभिन्न् चेतनामुलुक कार्यक्रम गरि मनाइदैछ । भूकम्पको जोखिममा नपाल विश्वको ११earthquake औं स्थानमा छ। काठमाडौं उपत्यका विश्वमै सबैभन्दा धेरै जोखिम भएको सहरमध्येमा रहेको छ । विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ । आज काठमाण्डुलगायत विभिन्न शहरहरुमा जनचेतना मुलक कार्यक्रम हुँदैछन् ।

१९९० सालको जत्रो ९८।३ रेक्टर स्केल० भूकम्प फेरि गए काठमाडौंलगायत सहरमा एक लाखभन्दा बढीको मृत्यु र तीन लाखभन्दा बढी घाइते हुने प्रक्षेपण सरकारकै छ। तर यति ठूलो क्षति र जोखिमबाट बच्न गर्नुपर्ने तयारी भने शून्यजस्तै छ।

काठमाडौं उपत्यकाभित्र कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिताविपरीतका भवन भूकम्पीय जोखिमका कारण हुन्।   विश्वका एक सय ९८ मुलुकमध्ये नेपाल भूकम्पीय जोखिमले ११ औं स्थानमा पर्नुको कारण पनि यस्तै कमजोर भौतिक संरचना हुन्।

भूकम्प प्रविधि राष्ट्रिय समाजका उपकार्यकारी निर्देशक रमेश गुरागाईंले भवन संरचना कमजोर भएकाले जोखिम बढी भएको बताए । नेपालको इतिहासमा १९९० सालको भूकम्प नै सबैभन्दा ठूलो हो । सो भूकम्पमा परी ८ हजार ७ सय मान्छेले ज्यान गुमाएका थिए भने ८० हजार भन्दा धेरै घर तथा अन्य संरचना भत्केका थिए ।
नेपालको राजधानी काठमाण्डु भुकम्पीय दृष्टिकोणले विश्वकै जोखिमयुक्त मानिएको छ ।

८ दशमलव ४ रेक्टर स्केलको भूकम्प आए काठमाण्डु उपत्यकाको हालत निकै भयावह हुने विज्ञहरुले दावी गरेका छन् । नेपालमा १९९० सालको जस्तै क्षमताको भुकम्प आएमा अहिले त्यसको भन्दा तीस गुणा बढी क्षति हुने भूकम्पविदहरुले दावी गरेका छन् ।
काठमाण्डु उपत्यका लगायतका प्रमुख शहरहरुमा घर लगायतका भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनु पर्ने नियम भए पनि जथाभावि बन्ने गरेका छन् । तर पनि कडाइका साथ अनुगमन भएको पाईंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्