खोटाङ, सिरहा र मोरङमा आगलागिका घटनामा मानवीय सहित लाखौंको धनमाल क्षती

खोटाङ, सिरहा र मोरङमा आगलागिका घटनामा मानवीय सहित लाखौंको धनमाल क्षती

खोटाङ, सिरहा र मोरङमा भएका आगलागिका घटनामा मानवीय क्षति सहित लाखौंको धनमाल क्षती भएको छ ।
खोटाङको फेदि स्थित एक घरमा आगलागी हुदाँ एक युवतिको जलेर मृत्यु भएको छ । फेदी– ४ स्थित सुदिप राईको चित्राको छानो भएको एक तल्ले घरमा गएराती आगलागि हुँदा राईकी श्रीमती २५ वर्षिया शुष्मा राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीब २ लाख मुल्य बराबरको धनमाल जलेको छ ।
यस्तै यता सिरहाको मिर्चैया नगरपालिका स्थित एक कपडापसलमा विद्युत सर्ट भई भएको आगलागीबाट करिब २५ लाख मुल्य बराबरको क्षति भएको छ ।
मिर्चैया– ५ स्थित रंन्जय साहको राहुल ट्रेडर्स एन्ड रेडिमेड सेन्टर कपडापसलमा विद्युत सर्ट भई आगलागी भएको हो । राति ८ बजे सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब ९ बजे नियन्त्रणमा लिइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यता मोरङको सिजुवामा आज दिउँसो धान श्रेसर गर्ने क्रममा आगलागी हुँदा डेढ लाख मुल्य बराबरको क्षति भएको छ ।
सिजुवा ६ का खगेन्द्र निरौलाको धान श्रेसर गर्ने क्रममा आगलागी भएको हो । आगलागीबाट स्थानिय श्री राजबंशीको श्रेसर र ट्याक्टर जलेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । आगो करिब ४५ मिनेटपछि प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
..................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्