मेची अञ्चल अस्पताल भद्रपुरको पूर्वतर्फ रहेको काँस घारीमा एक बच्चा मृत अवस्थामा फेला परेको छ । वडा प्रहरी कार्यालय भद्रपुरका अनुसार टाउको बिनाको सो बच्चाको शवलाई कुकुरले घिसार्दै गरेको अवस्थमा फेला परेको हो ।
अवैध शारीरिक सम्बन्धबाट जन्मिएको बच्चालाई कुनै महिलाले फालेर गएको हुनसक्ने आशङ्कामा ती महिलाको खोजी भइरहेको प्रहरी निरीक्षक राकेश कोदारले बताए ।
Source: Setopati