डिभिजन टूमा नेपालको पहिलो जित, नेदरल्याण्ड २ विकेटले पराजित

डिभिजन टूमा नेपालको पहिलो जित, नेदरल्याण्ड २ विकेटले पराजित

 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ ।
नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो ।
कुन ५ रन बनाउँदा ओपनर नरेश बुढायरलाई १ रनमा गुमाएको नेपालले थप रन नजोड्दा दोस्रो विकेट झर्‍यो । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बलमै आउट भए ।
कप्तान पारस खड्का र सुवासले ३० रनको साझेदारी गरे । तर, खकुरेल १५ रनमा आउट भएपछि पारस र विनोद भण्डारीले नेपालीको पारी अघि बढाए ।
विनोदसँग ३४ रनको साझेदारी गरेका कप्तान पारस खड्का १९ रनमा आउट भए । नेपालका लागि आकर्षक पारी खेलेका विनोदले ३० बलमा चार चौका र तीन छक्कासहित ३५ रन बनाउँदै नेपालको पारी उकासे ।
त्यसपछि सागर पुन १३ र बसन्त रेग्मी ६ रनमा आउट हुँदा नेपालले ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । तर, सोमपाल कामीले २८ बलमा तीन चौकासहित २४ रन बनाउँदा नेपालाई जितको बाटो देखाए ।

शरद भेसवाकर २४ र शक्ति गौचन २ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो ।
५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे ।
नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।
नामिबिया शीर्ष र नेपाल तेस्रो स्थानमा

अर्को खेलमा क्यानडाले केन्यालाई ४६ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । क्यानडाले दिएको २५८ रनको पछ्याएको केन्या २११ रनमा अलआउट भयो ।
लगातार दोस्रो जित हात पार्ने क्रममा नामिबियाले युगाण्डालाई ४ विकेटले पराजित भएको छ । पहिले व्याटिङ गरेको युगाण्डाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो ।
जवाफमा नामिबियाले ४६.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।
दुई खेलको समाप्तीमा नामिबिया ४ अंकसहित शीर्ष स्थानमा छ भने २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । समान अंक भएपनि रेट रेटका आधारमा नेदरल्याण्ड दोस्रो स्थानमा छ भने युगाण्डा चौथो, क्यानडा पाँचौं स्थानमा छ ।

केन्याले भने दुबै खेल गुमाएको छ र पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्