म बन्दको बिरोध गर्छु ! तपाइ नि ?

म बन्दको बिरोध गर्छु ! तपाइ नि ?

बन्द हड्ताल र तोडफोड जस्ता क्रियाकलापले नागरिकहरुको व्यक्तिगत स्वतन्त्रता र गरि खान पाउने अधिकार खोस्ने हुदा जुनसुकै संगठन तथा राजनीतिक पार्टीले जेसुकै कारण देखाएर गरेको बन्द, हड्ताल किन नहोस् म त्यसको समर्थन गर्दिन । प्रजातान्त्रिक प्रणालीमा हरेक नागरिकलाई आफुलाई चित्त नबुझेको कुरामा विरोध गर्ने अधिकार छ, तर विरोधको अर्थ बन्द, हडताल र तोडफोड मात्र होइन, अन्य विकल्प पनि हुन सक्छ । विरोध जनाउनको निम्ति बन्द नै गर्नुपर्छ भन्ने छैन, तर हाम्रो समाजमा आजभोली हाम्रा भनाउादा नेता, पार्टी र संगठनहरुको दिमागमा गलत मनस्थिती र प्रवृत्तिले ठााउ लिइसकेको छ । बन्दको संस्कार हाम्रो समाजमा यतिसम्म सामान्य नै भइसकेको छ की, जाबो एउटा कुखुरा मर्दा र बुढा बुढी बीच घर झगडा हुादा सम्म पनि बाटो बन्द हुने अवस्था छ । जसकारण देश र जनताले अनावश्यक रुपमा दु:ख पाउनु पर्ने अवस्था सिर्जना भएको छ । आज एक दिन नेपाल बन्द हुादा लगभग २ अर्ब भन्दा बढी देशलाई आर्थिकरुपले नोक्सान पर्न जाने तथ्यांकले देखाएको छ । देश र जनतालाई पर्न जाने यत्रो नोक्सान के बन्दकर्ता र तिनका नेताले बेहोर्छन् ?

आज बन्दको संस्कारले स्थायित्व पाउनमा राज्यको लाचारीको साथ–साथै कतै हामी नेपाली जनताको निरहिपनको कारणाले गर्दा त होइन ? कतै हामी सबै चुप लागेर बसेकै कारण यो गलत कार्यले प्रसय त पाइरहेको छैन ? यहि हो जस्तो लाग्छ भने हामी सबैले आ–आफ्नो ठाउाबाट जसरी सकिन्छ यसको विरोध र भत्सना गर्ने बेला आएको छ ।

यदि हामी समस्याको समाधान होइनौ भने हामी नै समस्या हौ िभनिन्छ, दुइचार जना खराब व्यक्तिहरुले नराम्रो काम गर्ने बितिकै समाज बिग्रदैन, नराम्रो कुरा फस्टाउन राम्रो व्यक्तिले चुप लागेर बसिदिने हो भने आफै फस्टाएर जान्छ िसमाजमा दुइ किसिमका अपराधीहरु हुन्छन, एउटा सक्रिय अपराधी र अर्को निस्क्रिय अपराधी । सक्रिय अपराधीहरु देखादेखी अपराध गर्दछन भने निस्क्रिय अपराधीहरु हेरेर बस्दछन िसक्रिय अपराधी भन्दा निस्क्रिय अपराधीहरु समाजको लागि घातक हुन्छन, किन भने उनीहरु निस्क्रिय हुनुको साथसाथै कातर पनि हुन्छन िकुनै पनि समाजमा केहि सिमित गलत कार्य गर्नेहरु हुन्छन भने अलि धेरै तिनिहरुबाट पिडित, सबैभन्दा ठुलो जमात तमासा हेर्नेहरुको छ ि जबसम्म तमासा हेर्नेहरुको जमात ठुलो रहिरहन्छ तबसम्म समाजमा गलत कुराले प्रसय पाइरहन्छ िजब केहि सिमित गलत कार्य गर्ने व्यक्तिहरु एकजुट हुन्छन, अनि अधिकांस राम्रा व्यक्तिहरु विभाजित हुन्छन तब सिमित मानिसहरुको जित हुन्छ िआज यो देशमा यहि भैरहेको अवस्था छ, यहाँ सिमित गलत कार्य गर्ने व्यक्तिहरु एक भएका छन् भने राम्रा भनाउदाहरु विभाजित भएको अवस्था छ ि

बुज्नु पर्ने कुरा के हो भने ँहामी के कुरा बोल्छौ, त्यसको लागि मात्र जिम्मेवार छैनौ, हामी के कुराको लागि आवाज उठाउदैनौ त्यसको लागि पनि त्यति नै जिम्मेवार छौ” िएउटा जिम्मेवार र सचेत नागरिक आफ्नो कर्तब्यको बारेमा मात्र सचेत भएर पुग्दैन, उसले अरुको गैरजिम्मेवारि पूर्ण क्रियाकलापको पनि त्यतिनै खुलेर बिरोध गर्न सक्नु पर्नेहुन्छ ि यदि कसैले मेरो छिमेकीलाई अकारणा कुटीरहेको छ र म हेरेर बस्छु भने अब कुटाइ खाने पालो मेरो हुनसक्छ िछिमेकिको घरमा लागेको आगो ननिभाउदा त्यसले मेरो घर पनि जल्न सक्छ भन्ने कुरा बिर्सनुहुदैन िआज हामी अरुले दुक्ख पाएको चुप लागेर हेरेर बस्नसक्छौ, अरुको दोकान फुटेको, मोटरसाइकल, गाडी जलेको, अरुले कुटाइ खाएको र दुक्ख पाएको हेरेर बस्न सक्छौ तर त्यो घटना एकदिन आफैलाई पनि नआइपर्ला भन्न सकिन्न ि

यदि हामी गलत कुराको बिरुद्ध आवाज उठाउदैनौ भने त्यसकुरामा हाम्रो मौन समर्थन छ भन्ने देखिन्छ िगलत कुरा भनेको काडाको बिरुवा रोपे जस्तै हो, जति ठुलो हुदैजान्छ त्यसले धेरैलाइ पिरोल्छ र एकदिन यस्तो अवस्था आउछ त्यसलाई उखेलेर फ्याक्ने सामर्थ हामीसंग हुदैन िहरेक कुराले नतिजा ल्याउछ, राम्रो कुराले राम्रो नै नतिजा ल्याउछ भने गलत कुराले गलत नै ियदि गलत कुरालाई समयमा रोक्न सकिएन भने यसले अब आउने पुस्तालाई समेत नराम्रो संग सताउनेछ ि त्यसकुराको लागि दोषी धेरै हद सम्म हामी पनि हुने छौ ि

भागेर कुनैपनि समस्याको समाधान हुदैन, सामना गरेर भने अवस्य गर्न सकिन्छ िआज हामी हाम्रो जिम्मेवारीबाट भाग्न त सकौला तर त्यसको परिणाामबाट कदापि भाग्न सक्दैनौ िहामीे मद्धे कोहि पनि पिडित र पीडक नबनौ, त्यो भन्दा पनि हामी मात्र दर्सक नबनौ र गलत प्रबिर्तीको बिरुद्ध आवाज उठाऔ िआज हाम्रो सबै भन्दा ठुलो समस्या भनेको हामी सबै सहिद खोजिरहेका छौ, तर आफ्नो घरमा होइन, अरुको घरमा िहामी सबैको कामना कसैले नेतृत्व लिइदियोस भन्नेछ, पर्खेर नबसौ, हामीमा नै त्यो नेतृत्व गर्न सक्ने क्षमता छ िअरुले मेरो लागि आवाज उठाईदेला भनेर पर्खी बस्दा ढिलो हुनसक्छ, अरुपनि तपाई र म जस्तै त्यहि नेताको पर्खाइमा छन् िभनिन्छ, सम्पूर्णा रोम जलिरहदा सम्राट नेरो बासुरी बजाएर जलिरहेको रोम सहर हेरी बसेका थिए ि कतै हामी पनि नेरो जस्तो व्यवहार त गरिरहेका छैनौ ? म सम्पूर्णा नागरिकहरुमा अनुरोध गर्न चाहन्छु कि ँहामी मात्र दर्सक नबना,ै गलत क्रियाकलापे बिरुद्ध आवाज उठाऔ” िbasanta Adhikari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्