मुसा मार्नका लागि प्रयोग गरिने विषलाई मिठाई भनेर खाँदा पाँचथरमा एक बालकको मृत्यु

<span class='c1'>मुसा मार्नका लागि प्रयोग गरिने विषलाई मिठाई</span> <span class='c2'>भनेर खाँदा पाँचथरमा एक बालकको मृत्यु</span>

मुसा मार्नका लागि प्रयोग गरिने विषलाई मिठाई भनेर खाँदा पाँचथरमा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक गम्भीर विरामी परेका छन् ।

विष सेवनबाट फिदिम १ का देबी लकान्दीका तीन वर्षीय छोरा युसनको मृत्यु भएको हो । उनका साथी मिराक केरुङ सिकिस्त विरामी परेको निरीक्षक रबिराज थपलियाले जानकारी दिनुभएको छ ।

युसनको स्कूल ब्यागमा अभिभावकले असावधानीबस मुसामार्ने विष राखेका थिए । सोही विषलाई युसन र मिराकले बाँडेर खाएका थिए । त्यसलगत्तै विरामी परेका युसनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मिराकको सोही अस्पतालमा उपचार जारी छ ।

युसन र मिराक सेतो गुराँस नमुना बाल विकास केन्द्रका विद्यार्थी हुन् । विद्यालय जाँदा बाटोमा मिठाई ठानेर विष खाएका उनीहरु विद्यालय पुगेलगत्तै विरामी परेका थिए । लगातार बान्ता गर्न थालेपछि उनीहरुलाई जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको थियो । चिकित्सकहरुले मुसा मार्न प्रयोग हुने विष खाएको पुष्टि गरेपछि थप उपचारका लागि धरानमा रिफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्