हसिना सिमसार क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रुपमा विकसित हुँदै

हसिना सिमसार क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रुपमा विकसित हुँदै

मोरङको सुन्दरपुर– ६ मा रहेको हसिना सिमसार क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको छ ।
नेपाल पर्यटन बोर्डले १५ लाख, जिल्ला विकास समितिले १६ लाख रकम विनियोजन गरेपछि भौतीक संरचना विस्तारको काम सुरु भएको छ ।
पानी ट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्युसम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारी भइरहेको सिमसार संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताउनुभयो ।hasina simasar

आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, नागपोखरीमा नागको निर्माण भइसकेकाले मन लोभ्याउने गरेको पर्यटक अर्जुन काफ्लेले बताउनुभयो ।

आगामी दिनमा यसलाई पूर्वाञ्चलमै नमुना क्षेत्रका रुपमा विकास गराउन निरन्तर लागिपरेको संरक्षण समितिका सदस्य देवराज मोक्तानले बताउनुभयो । उहाँले केही महिनामै सबै संरचना निर्माण पूरा हुने र आधाभन्दा बढी काम सम्पन्न भइसकेको दाबीसमेत गर्नुभयो ।

बाह्रमास बगिरहने जरुवा पानीको मूलसमेत रहेको सो सिमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । .................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्