सुनसरीमा मोटरसाईकल दुर्घटना

सुनसरीमा  मोटरसाईकल दुर्घटना

सुनसरीको प्रकासपुर ४ मा विहान दुईवटा मोटरसाईकल ठोक्किदा दुई जना घाइते भएका छन् । को १० प ६२९३ र को १४ प ५६१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा प्रकासपुर ८ का ३९ बर्षिय ईन्द्र राई र महेन्द्रनगर– ९ का १७ बर्षिय अनिल साह घाईते हुनुभएको छ । घाइते दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको वीपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
यस्तै यता सुनसरीको भलुवादुहबि नगरपालिका ४ स्थित कोशी राजमार्गमा बिहान ट्रिपरमा मारुती भ्यान ठोक्किदा भ्यानका चालक गम्भीर घाईते भएका छन् ।
बिग्रीएर सडकमा पार्किङ्ग गरी राखेको को १ ख २४१९ नम्बरको ट्रिपरमा को १ च ५७३३ नम्बरको मारुती भ्यान ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भ्यानका चालक मोरङ होक्लाबारीका ३५ वर्षीय लक्कीराम सोरेन गम्भिर घाइते हुनुभएको हो । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ट्रिपर र मारुती भ्यान ईलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा रहेको छ ।
...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्