संबिधान कि सम्धी-हान हौ ???

संबिधान कि सम्धी-हान हौ ???

एउटा विद्यार्थीले अंग्रेजीको परिक्षामा आफु भन्दा जान्ने साथीको कपि हेरेर सार्ने मौका पाएछ ! सार्दै जाँदा एउटा प्रश्नको उत्तरमा ऊ मनमनै हाँस्दै सार्दै गर्दो रहेछ र साथीले लेखेको कुरो असुद्ध भयो भनेर आफ्नो कपिमा चाहिं सुद्ध पार्दै लेख्दो रहेछ ! साथीलाई चाहिं त्यो अशुद्ध भएको कुरो नासंझाई दिने , बरु मनमनै खुच्चिङ्ग गर्दै लेख्दो रहेछ ! ऊ मनमनै भन्दो रहेछ," कत्ति न जान्दछु भन्थ्यो , नाथे एउटा स्पेलिंग पनि जाँदो रहेनछ" भन्दै आफ्नो कपिमा चाहिं खुब सच्च्याएर लेखेको भन्दै , मख्ख पर्दै लेख्दो रहेछ !
प्रश्नको उत्तर चाहिं एउटा योद्धाको लडाईं को मैदानमा मृत्यु भएको र उसको मृत शरीर घर ल्याएको , तर उसकी विदुवा श्रीमती धेरै ठुलो बज्रपात परेर , रुन कराउन समेत नसकेकी भन्दै बर्णन गर्नु पर्ने रहेछ !
अब जति ठाऊँमा widow = विदुवा लेख्नु पर्ने हो , त्यति ठाऊँ मा window = झ्याल लेख्दो रहेछ र आफैं मख्ख पर्दोरहेछ !
परिक्षा हाल बाहिर आए पछि त्यो विद्यार्थीले अरु साथीका सामुन्नेमा त्यो अर्को साथि , जसको कपि हेरेर सारेथ्यो, लाई उल्याउनु पर्यो भनेर भनेछ," हेर न यो कत्ति न जान्दछु भन्थ्यो , आज नाथे एउटा window को स्पेलिंग लेख्न नजानेर एक ठाउँ मा होर , सबै ठाऊँ मा widow मात्रै लेख्यो !"
जब त्यो जान्ने विद्यार्थीले कुरो सुन्यो, उसले अर्थ लगाई दियो
अब जहाँ जहाँ विदुवा आईमाई रुन सकिन , आँशु झार्न सकिन र पिडा पोख्न सकिन भन्नु पर्थ्यो, त्याहाँ-त्याहाँ झ्याल रुन सकेन , झ्याल ले आँशु झार्न सकेन र झ्याल ले पिडा पोख्न सकेन भन्ने अर्थ पो लागेछ !त्यसपछि त्यो चोर बिद्यार्थी निलो कालो भएछ !
हामि अभागी नेपालि ! जसलाई आफ्नो नाम , देश को नाम र आफु बसेको ठाऊँ को नाम समेत लेख्न आउंदै न ,त्यस्ता लाई संबिधान लेख्नु भनेर पठायौं ! अनि कहाँ त्यस्ता अधम ले संबिधान लेख्छन हौ ?
भन्नु होला , बाबुराम र प्रचण्ड त पढेलेखेकै हुन् नि !
मलाई त लाग्छ उनीहरु पनि त्यहि माथि उल्लेख गरिएको अर्काको कपि सार्ने चोर बिद्यार्थी जस्तै पो हुन् कि ?
कसरि ??? अब हामि पो " संबिधान " " संबिधान " भन्छौं , बा उनीहरुलाई चाहिं यो शब्दको हिज्जे गलत लागेर "सम्धी-हान" सम्धी-हान" भन्दै कुर्ची उचाल्दै हान्दै पो गरेका हुन् कि , कि कसो ? पहिला जंगलमा हुँदा पनि यिनीहरुले "सम्धी-हान" "सम्धिहान" भन्दै नेपालका धेरै ठाऊँ मा हानेका थिए र धेरै मान्छेको ज्यान लिएका थिए , झन्डै झन्डै १५००० मानिस का ज्यान ! कत्ति निर्दोष पनि परेका थिए ! त्यसरी हान्दा करोडौं को सम्पत्ति पनि नाश गरेथे ! बसमा बम हानेर बाल-बालिका र बृद्ध को समेत ज्यान लिएथे !
लौन , बरु उनीहरुलाई सम्झाईदिनु पर्यो ! संबिधान भनेको र सम्धिहान भनेको भिन्ना-भिन्नै कुरा हुन् , एकै होइनन ! नभए त हामि अभागी जनता यो स्वर्ग जस्तो देशमा पनि नर्कको जस्तो दुख पाउने भयौं !
पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्