आगोले जलेर एक महिलाको मृत्यु

आगोले जलेर एक महिलाको मृत्यु

ओखलढुंगाको बिलन्दु ६ मा आज बिहान एक घरमा आगलागी हुदा आगोले जलेर एक महिलाको मृत्यु भएको छ।
ढुङ्गामाटोले बनेको २ तले घर पूर्ण रुपमा जल्दा ६५ बर्षिया दिलमाया बरालको मृत्यु भएको हो।
आगलागीबाट १ लाख ५० हजार रुपैयाँ बरारबको धनमाल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बिहान ३ बजेबाट सुरुभएको आगो ३ घण्टा पछि स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न प्रहरी चौकी चुप्लुघोडाखरीबाट प्रहरी टोली गएको थियो ।
यता झापाको बिर्तामोड नगरपालिका १ स्थित एक घरमा आगलागी हुदा करिब ७ लाख बराबरको क्षती भएको छ।
खाना पकाउदा चुल्होबाट आगो सल्किदा बसन्त राजवंशीको काठको १ तले घर पूर्ण रुपमा जलेर क्षती भएको हो ।
आगलागीबाट घरमा रहेको सम्पूर्ण धनमाल जलेर ७ लाख रुपैयाँ बराबरको क्षती भएको छ । बिहान ८ बजेबाट सुरुभएको आगलागी स्थानिय र ईलाका प्रहरी कार्यालय अनारमनीबाट गएका प्रहरीको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्