नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष तारणी बिक्रम (टीबी) शाहको निधन

नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष तारणी बिक्रम (टीबी) शाहको निधन

नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष तारणी बिक्रम (टीबी) शाहको ८४ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर पीडित शाहको गए राती नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लिभर क्यान्सर भएका शाहलाई उपचारको लागि बेलायत लाने तयारी भैरहेको थियो । स्वास्थ्य अवस्था विग्रीएपछि शाहलाई हिजो बिहान मात्र अस्पताल भर्ना गरिएको थियो । क्यानका अध्यक्ष टंक आङ्बुहाङ लगायतका १० जना पदाधिकारीलाई भ्रष्टाचारमा दोषी ठह‍¥याउँदै अख्तियारले निलम्बन गरेपछि शाह कार्यबाहक अध्यक्ष बन्नुभएको थियो ।
शाहका दुई छोरी अमेरिका र बेलायतमा रहेका उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ ।
...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्