क्रिकेटर शक्ति गौचनलाई पितृ शोक

क्रिकेटर शक्ति गौचनलाई पितृ शोक

नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृ शोक परेको छ । शक्तिका बाबु खड्कप्रसाद गौचनको आज बिहान अन्नपूर्ण न्यूरो अपस्तालमा निधन भएको छ । ७५ वर्षीय गौचन डेढ महिनाअघि भैरहवामा भएको मोइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका थिए । मस्तिष्कमा गहिरो चोट लागेपछि उनको शल्यक्रिया गरिएको थियो ।
बाबु कोमामा रहेको अवस्थामा शक्तिले नामिबिया गएर डिभिजन टू क्रिकेट खेलेका थिए । शक्ति सोमबार मात्र नेपाल आएका थिए ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार खड्गप्रसाद गौचनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्