सुनसरी र उदयपुरमा सवारी दुर्घटनामा २ जना घाईते

<span class='c1'>सुनसरी र उदयपुरमा सवारी</span> <span class='c2'>दुर्घटनामा २ जना घाईते</span>

सुनसरी र उदयपुरमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाईते भएका छन्।
सुनसरीको ईनरुवा ५ पूर्वपश्चिम राजमार्गमा को ५ प ८३७९ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिदाँ भएको दुर्घटनामा मोटरसाइकलका चालक स्थानिय ४५ बर्षिय देवेन्द्र पौडेल घाईते भएका हुन । घाइते पौडेलको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै उदयपुरको त्रियुगा १५ मा स १ त २४९९ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय १४ बर्षिय दसराज राई घाईते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ट्याक्टरबाट लडेपछी राईलाई ट्याक्टरको पछाडीको चक्काले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्याक्टरलाई नियन्त्रणमा लिई फरार चालकको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्