नेपालले विश्व क्रिकेट लिग खेल्ने पक्का भयो

नेपालले विश्व क्रिकेट लिग खेल्ने पक्का भयो

आइसीसी डिभिजन दुइ मा चौथो नेपाल र तेस्रो भएको केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का पक्की भएको छ। आइसीसीको बुधबार बसेको बैठकले औपचारिकरुपमा नेपाल र केन्याले च्याम्पियनसिप खेल्न पाउने निर्णय गरेको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्यासँगै हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईले खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्