आगलागीबाट ४ घर जलेर नष्ट

आगलागीबाट ४ घर जलेर नष्ट

सप्तरीको जोगनिया ४ मा गएराती भएको आगलागीबाट ४ घर जलेर नष्ट भएको छ । आगलागीमा परि ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको छ ।
घुरबाट आगो सल्किदा बम्सी रजकको गाईगोठ, खतुनी मन्सुरको १ तले २ वटा कच्ची घर र डम्बर शर्माको १ वटा कच्ची घर गरी ४ घर जल्दा ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको हो ।
आगलागीमा परी १ वटा भैसिको पाडा समेत मरेको छ ।
रातको १० बजे सुरु भएको आगो साढे ११ बजे स्थानिय , बारुणयन्त्र र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्