इलाममा आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु

इलाममा आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु

जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्न छुटेका मतदाताका लागि इलाममा आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । कार्यालयले आठ जना दर्ता कर्मचारी नियुक्ति गरी विगतमा छुटेका, १८ वर्ष पुगेका, विदेशबाट फर्केका मतदाताका लागि नामावली सङ्कलन सुरु गरेको हो ।
नामावली सङ्कलन कार्य चैत पहिलो सातामा सम्पन्न हुने जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले जानकारी दिनुभयो । नामावली सङ्कलनका लागि गाविस सचिव र सामाजिक परिचालकमार्फत गाउँमा व्यापक अभियान सुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्