संखुवासभामा गोली लागेर एक जनाको मृत्यु

संखुवासभामा गोली लागेर एक जनाको मृत्यु

संखुवासभामा नचिनेका मानिसले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको मत्स्यपोखरीमा रहेको धर्मदेवी माविका शिक्षक लोकमणी पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।बिहान घरबाट विद्यालय जाने क्रममा विद्यालय नजिकैको जंगलमा गोली लागेर ४३ वर्षिय पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख डिएसपी कमल थापाका अनुसार उहाँलाई भरुवा बन्दुकले हानेर हत्या गरिएको हुन सक्ने अनुमान छ । घटना लगत्तै सदरमुकाम खाँदबारीबाट घटनास्थलमा प्रहरी पठाइएको छ । घटनाको कारण खुल्न नसकेको, अनुसन्धान भैरहेको र गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्