एक हजार टुुवेल वितरण शुरु

एक हजार टुुवेल वितरण शुरु

 

पुस १९ शुक्रवार

गिरिजाप्रसाद कोइराला फाउण्डेसनले स्वच्छ खानेपानीका लागी मोरङमा एक हजार टुुवेल वितरण शुरु गरेको छ ।

फाउण्डेसनकी अध्यक्ष एव नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आज मोरङको गोविन्दपुरमा एक समारोह विच टुवेल वितरण कार्यको उद्घाटन गर्नुभयो ।

जस अन्र्तगत गोविन्दपुर र सिजुवा गाउ विकास समितिमा आज १ सय ८१ वटा टयुवेल वितरण गरियो । अति विपन्न र गरिव परिवार लाइ स्वच्छ खानेपानी उपलव्ध गराउन टुवेल वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।

सो क्षेत्रका ११ वटा गाउ विकास समितिमा टुवेल वितरण गरिने छ ।चाइना फाउण्डेसन फर पिस एण्ड डेभलपमेन्टको सहयोगमा फाउण्डेसनले मोरङको क्षेत्र नं.१ र ४ का १८ गाविसका जनतालाई खानेपानीका लागी टुवेल वितरण गरिने जनाएको छ ।जस अन्र्तगत फाउण्डेसनकी अध्यक्ष्ँ कोइरालाले गाविन्दपुर गाविसमा १ सय ७२ र सिजुवा गाविसमा १ सय ९ थान टुवेल वितरण गर्नुभएको छ । फाउण्डेसनले ग्राउण्ड फ्रेम, पाईप लगायतको समान समेत उपल्वध गराएको छ ।

सो अवसरमा नेतृ कोइरालाले बाबु गिरिजाप्रसाद कोइरालाको सपनालाई साकार पार्न आफुले राजनैतिक संगसंगै विकास निमार्णकार्य लाई तिब्रता दिने बताउनुभयो । करीव ६ लाख वरावरको सो टुवेल फाण्डेसनलेनै स्ल्याप बनाएर जडान गरि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्