कुमारा सांगकाराले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाए

कुमारा सांगकाराले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाए

kumar sangakaaraश्रीलंकाली कप्तान कुमारा सांगकाराले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । उनले सबैभन्दा छिटो १२ हजार रन बनाउने क्रिकेटरको किर्तिमान बनाएका हुन् । २ सय २४ खेलमा १२ हजार रन बनाउने उनी एकमात्र ब्याट्स्म्यान हुन् । यसअघिस मास्टर ब्लास्टर सचिन तेन्दुलकर र रिकी पोन्टिङले बनाएको रेकर्ड उनले तोडेका छन् । सचिन तेन्दुलकरले २ सय ४७ खेलमा यो रेकर्ड बनाएका थिए । न्यूजल्याण्डविरूद्धको खेलमा सांगाकाराले ३३ रन बनाउदै यो रेकर्ड बनाएका हुन् । टेस्ट क्रिकेटमा छोटो समयमा सर्वाधिक रन बनाउने तेन्दुलकर, पोन्टिङ, ज्याक्स कालिस तथा राहुल द्रविड़लाई सांगाकाराले पछाडि पारेका छन् । उनले नै १२ पाली खेल्दै १४९३ रन पनि बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्