कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटको कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कनकपुर–२ की ५० वर्षकी हेमन्ती देवीको आज दिउँसो चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकी सुरज देवीको गम्भीर अवस्थामा चन्द्रनिहापुर अस्पतालमा उपचार भैरहेको छ । घाँस काटिरहेका बेला चट्याङ पर्दा हेमन्तीको घटनास्थलमा नै मृत्यु भएको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जनाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्