संकटा क्लवले राष्ट्रिय लिग फुटबल नखेल्ने

<span class='c1'>संकटा क्लवले राष्ट्रिय</span> <span class='c2'>लिग फुटबल नखेल्ने</span>

ए’ डिभिजनको संकटा क्लवले आगामी माघ ७ बाट हुन लागेको राष्ट्रिय लिग फुटबल नखेल्ने भएको छ । हिजो बसेको क्लवको केन्द्रिय समिति र सल्लाहकारको संयुक्त बैठकले यो वर्ष लिग नखेल्ने सर्वसम्मत निर्णय गरेको हो । वार्षिक रुपमा एक करोडभन्दा बढी आम्दानी भएको संकटा क्लवले आफ्नो आर्थिक अवस्था थप मजबुत बनाउन यो वर्ष लिग नखेल्ने निर्णय गरेको जनाइएको छ । एन्फाले राष्ट्रिय लिगको लागि क्लब दर्ताको समय आज साँझसम्म तोकेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यशैलीलाई लिएर एन्फाकै केही उपाध्यक्ष सहितका पदाधिकारीहरु विरोधमा उत्रिएको बेला संस्थापनसँग निकट मानिएको संकटा क्लबबाट भएको पछिल्लो निर्णयले उसको व्यवहारलाई शंकास्पद बनाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्